प्रकाश पराजुलीको हत्यामा संलग्न २० बर्षिय अर्जुन पक्राउ

झापाको दमक बजारमा बुधबार बेलुकी हत्या गरिएका प्रकाश पराजुलीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा महागढीमाई दमक–१ का २० बर्षिय अर्जुन लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । ब्यक्तिगत रिसईबी र झगडाका कारण हत्या भएको प्रहरीले जनाएको छ ।
बुधबार बेलुकी दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा दमक–२ का २५ वर्षीय पराजुलीको हत्या भएको थियो । शरीरमा धारिलो हत्या प्रहार भएका पराजुलीको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी रक्षा फेन्सी स्टोरमा काम गर्दै आएका थिए । पसल बन्द गरेर घर फर्किन लाग्दा उनी माथि आक्रमण भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार