सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश प्रस्ताव

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२.५० रुपैयाँको कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६.३९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार ३६.६५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार