नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार प्रतितोलामा १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।