नीफमा यो वर्ष तिनवटा नेपाली चलचित्रले प्रतिस्पर्धामा भाग लिने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपाली चलचित्रले फिचर फिल्म प्रतिस्पर्धामा भाग लिने भएका छन .

आयोजक नेपालचलचित्रतथा सांस्कृतिकप्रतिष्ठानकाअध्यक्ष केपीपाठकले महोत्सवकालागि नेपालीचलचित्रलाटो कोसेरो , सरिता११ बर्ष ,आमाखन्डोले फिचर फिल्मप्रतिस्पर्धामा भाग लिने बताए ।

महोत्सबका लागि विश्वका विभिन्न ५२ देशबाट ४सय ५० चलचित्र प्राप्त भएको छ। आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिलेनै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६ फिल्म देखाइने छन।

माथि उल्लेखित ३ चलचित्र मध्यबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देसक, लेखक, छायाकार,अभिनेता रअभिनेत्री ट्रफी पाउने अध्यक्ष केपी पाठकले बताए ।

 

‘विश्वका कथाहरुको कथ्यउत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

 

महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।

Loading...