जितपछि विश्वप्रकाशले भने- कांग्रेस रूपान्तरण प्रारम्भ भयो

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस रूपान्तरण अभियानको प्रारम्भ भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । उनले भने, ‘यो व्यक्तिको विजय होइन, गुटको विजय होइन । यो सिंगै नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने प्रारम्भ हो ।’

जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले  भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो ।’

त्यस्तै उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए । उनले अगाडि भने, ‘मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।’

उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार