रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’ ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।  रिजालले महामन्त्रीको अन्तिम मतपरिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने बताएका छन् ।

महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार