कांग्रेस उपसभापतिमा गुरुङको अग्रता, खड्का र गच्छदारको मत बराबर

कांग्रेसको उपसभापतिमा धनराज गुरुङले अग्रता लिएका छन् ।सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना भइरहेको छ । अहिले ६०० मत गणना हुँदा गुरुङले २५८, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले २४६ र चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार