नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने छ । अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।
पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका देउवा पार्टी सभापतिमा निर्वाचित भएका छन् ।
–