धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नु छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताएका छन् ।

बुधबार तुलसीलाल प्रतिष्ठान च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताएका हुन् । यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए ।ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन्  । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने ।

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए । कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार