लोक सेवाले खुलायो २८४ जना अधिकृतको विज्ञापन

लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ ।

बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।

यी पदहरूमा पुस २० गतेसम्म आवेदन दिन पाइने छ । पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत् दिन सकिनेछ ।

शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार