कांग्रेस महाधिवेशन : भोट माग्न नेताहरू मतदाताको लाइनमा

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा शेरबहादुर, प्रकाशमानसहितको एक समूह र शेखर, गगन थापा, मिनेन्द्र रिाजलसहितको अर्काे समूह लामबद्ध मतदाता भएका स्थानमा पुगेर भोट मागिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार