दोस्रो चरणको चुनाव : सभापतिका प्रत्यासी सिंह, निधि र गुरुङ तीनै जनाको सहयोग देउवालाई

एक्लिए शेखर

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्ने भएका छन् ।

देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुवै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यस्तै गुरुङले पनि देउवालाई समर्थन गनेृ भएका छन् । साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए ।

यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ । अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार