विमलेन्द्र निधिको पनि देउवालाई समर्थन

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सभापतिको दोस्रो चरणको मतदानमा निधिले पनि देउवालाई समर्थन गर्ने भएका हुन् । मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएका छन् ।

‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले भने ।

यसअघि प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन् । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए । पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।  साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार