पौडेलले आयोजना गरेको चियापानमा पुगेका देउवाविरुद्ध नाराबाजी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवं सभापति पदका उम्मेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

दोस्रो चरणको मतदान हुनुअघि लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको कार्यक्रममा पुगेका देउवाविरुद्ध पौडेलका कार्यकर्ता नाराबाजी गरेका हुन् । कार्यक्रममा कक्षमा देउवा प्रवेश गर्ने बित्तिकै कार्यकर्ताले चर्को नारबाजी गरेका हुन् ।

यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै पौडेलविरुद्ध कार्यकर्ताले होहल्ला गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार