लैनचौरमा रामचन्द्र पौडेलको चियापान कार्यक्रम, देउवा पनि सहभागी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । सभापति पदको निर्वाचन लम्बिएर रस्साकस्सी चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापान कार्यक्रमका आयोजना गरेका हुन् ।

उनले लैनचौर ब्यान्क्वेटमा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् ।

कांग्रेसमा सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो । शेरबहादुर देउवा र शेखरकोइरालाबीच सभापतिका लागि प्रतिष्पर्धा हुदैँछ। यसैबिच देउवा पौडेलले बोलाएको चियापानमा देउवा सहभागी भएका हुन् ।

यस्तै पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् ।

इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् । इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार