देउवालाई प्रकाशमानको आस, शर्त पुरा भए दोस्रो चरणमा बाजी मार्ने पक्का

सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण

 

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन् । कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ । उनीहरू दुबै जनाले चुनाव जित्नका लागि तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग सहकार्य गर्नुपर्ने हुन्छ ।

कोइराला र सिंह यसअघि नै देउवाइतर समूहमा थिए भने निधि केही महिनाअघि मात्रै देउवासँग छुट्टिएका हुन् ।

दोस्रो चरणका लागि देउवा र सिंहबीच संवाद शुरु

एक्लै बहुमत ल्याउन नसकेपछि सभापतिका प्रत्यासीका रुपमा पहिलो चरणमा अग्रता लिएका देउवाले तेस्रो भएका प्रकाशमान सिंहसँग दोस्रो चरणका लागि संवाद थालेका छन् । प्रकाशमान सिंहको निवास चाक्सिबारीमा देउवाको सन्देश लिएर पुगेको नेता बालकृष्ण खाँडले दोस्रो चरणका लागि देउवालाई समर्थन गरेर जान गरेको प्रस्तावका सिंह सकारात्मक देखिएको स्रोतको भनाई छ ।

यसका लागि सिंहले केहि शर्त अघि सार्ने र यसलाई पुरा गर्ने बचन देउवाले दिएको अवस्थामा केहिबेरमा देउवा र सिंहबीच वार्ता हुने स्रोतका दाबी छ ।

प्रकाशमानले साथ दिए दोस्रो चरणमा देउवाले बाजी मार्ने पक्का देखिएको छ । यता अर्का उम्मेदवार निधिले पनि आफू छलफलमा रहेको बताएका छन् । प्रकाशमान सिंहसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार