कांग्रेस मतगणना जारीः सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

हालसम्म १ हजार ४०५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङको ५ मत छ ।

सोमबार मतदान भएकोमा आज बिहान साढे चार बजेबाट राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । मतदानमा ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

Loading...