सेयर बजारमा १०० अंकको पहिरो

साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ ।

यतिबेलासम्म एउटा कम्पनी बोटलर्स नेपाल तराईको मूल्य मात्रै बढेको छ । अरु १८८ कम्पनीको मूल्य घटेको छ । यतिबेलासम्म २ अर्ब ६० करोडको कारोबार भएको छ । धेरै फाइनान्स कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार