१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प – २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित आप्नै कोठामा लगेर पटक-पटक करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार