सभामुख र सांसदहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण

संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरिएको हो ।

संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षण दिउँसो तीन बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार