महिला खस आर्य तर्फको केन्द्रीय सदस्यमा खडकाको पक्षमा माहौल बन्दै

नेपाली काँग्रेसको केन्द्रीय सदस्यका लागि खस आर्य तर्फको महिला उम्मेदवार बनेकी बिनिता खडकाको पक्षमा माहौल तातेको छ । १४औ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बनेकी विनीता खड्काको पक्षमा माहौल जुटाउन उनका समर्थकहरूले भृकुटीमण्डपमा जम्मा भएर मत माग्ने तथा नाराबाजी गरिरहेका छन् ।

अघिल्लो महाधिवेशनमा समेत देशकै कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा १९ वर्षको उमेरमा सहभागी उनले १४औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा बाजी मार्ने धेरैको आङ्कलन छ । सभापतिका प्रत्याशी शेरबहादुर देउवादेखि बिमलेन्द्र निधिसम्म नजिक रहेकी खडकाले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सारेकी छन् ।

विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय खडकाले अघिल्लै महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने योजनासहित राजनीतिमा सक्रियता बढाए पनि क्रियाशील सदस्यताको अवधि नपुगेकाले केन्द्रीय सदस्य बन्नबाट रोकिएकी थिइन ।

यस पटक भने नेपाली नेपाली काँग्रेसका देशभरका प्रतिनिधिको साथ सहयोग र समर्थनमा केन्द्रीय सदस्यमा भारी मतले विजयी हुने उनको विश्वास छ । सानै उमेरमा केन्द्रीय राजनीतिमा हस्तक्षेप बढाउने योजनासहित अघि बढेकी खडकालाई विजयी गराउने अभियानमा अहिले देशभरका युवाहरू प्रचारप्रसार तथा मत माग्न जुटिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार