अबदेखि टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा आजदेखि अन्य सेवा बन्द हुने छन् । तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा भने यथावत् रहने उनले बताए ।

उनका अनुसार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको हो । गत १० दिनयता अस्पतालमा कोभिड सङ्क्रमित भर्ना हुने क्रम बढिरहेको छ । अहिले अस्पतालमा २० भन्दा बढी सङ्क्रमितहरू उपचाररत रहेको उनले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार