बाबु अन्तरिक्षमा पुगेको ६० वर्षपछि छोरीको अन्तरिक्ष यात्रा

अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् ।

बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन् । लौरा अहिले ७४ वर्षकी भइन् ।

विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान गरेकी हुन् ।

सन् १९६१ को मे ५ मर्करी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए । उनको १९९८ मा मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार