सरकारी अस्पतालमा ताला निजी क्लिनिकमा डाक्टर ( भिडियोसहित)

शम्भु माली, कपिलवस्तु ।

व्यवस्थापकिय लापरवाहिका कारण तौलिहवा अस्पताल अस्त व्यस्त बनेको छ । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित क्षेत्रकै पुरानो अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा बिरामी जाँच्न व्यस्त भएपछि अस्पताल अस्त व्यस्त भएको हो । सरकारी अस्पतालका डाक्टर निजीमा व्यस्त भएपछि बिरामी भने मर्कामा परेका छन् ।

बिहिबार बिहान पौने ११ बजे अस्पतालको ओपिडीमा पुग्दा ओपीडी कक्षमा ताला लागेको थियो भने हात हातमा पुर्जी लिएका बिरामी डाक्टर कुरेर बसेका थिए ।

अस्पतालमा ओपिडीको ड्युटी डाक्टर कात्यायनी पाण्डेय र डाक्टर किशोर बन्जाडेको रहेको खुल्न आए पनि ११ बजे सम्म दुबै डाक्टर ओपिडीमा आएका थिएनन् । डाक्टर ओपीडिमा नआएको बारे पत्राकारले सोधखोज गर्दा डाक्टर पाण्डेय इन्डोरमा बिरामी चेक जाँचमा खटिएको भेटिएका थिए । तर अर्का डाक्टर किशोर बन्जाडे भने तौलिहवाकै पुरानो हाटबजार स्थित सुहानी प्रशान्त क्लिनकिमा बिरामी जाँच गर्दै थिए । सो सुचनाको आधारमा ११ बजे निजी क्लिनिकमा पुग्दा डा. बन्जाडे केहि समय अघि क्लिनिकबाट बाहिरीएको खुल्न आएको थियो । यता अस्पतालका डाक्टर निजी क्लिनिकमा जादा आफुहरुले सास्ती भोग्नु परेको सेवाग्राहीको गुनासो थियो । अस्पतालमा भएको प्रतिक्षालय सहितका स्थानमा समेत प्रयाप्त सरसफाईमा ध्यान नदिदा बिरामीहरु फोहरमै डाक्टर कुर्न बाध्य देखिएका थिए । ११ बजे सम्म ओपिडी सञ्चालनमा नआउदाँ आफुहरुले सास्ती पाउनु परेको बिरामी र बिरामीका आफन्तले गुनासो गरे ।

Related posts

Leave a Comment