आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक देखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार