दाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

आइतबार साँझ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ज ४३८ नंको जीप तुलसीपुर–३ सिरखोला नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...