काेभिडपछिकाे अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा नवउत्थान सम्मेलन हुँदै

नेपाल उद्योग वाणिज्य महासंघले यही बुधबार काठमाडौंमा कोभिडपछिको नवउत्थान सम्मेलन (पोस्ट कोभिड रिभाइभल कन्फ्रेन्स) को आयोजना गर्ने भएको छ ।

कोभिड–१९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभाव र अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थासहित छलफल गर्ने उद्देश्यले महासंघले आयोजना गर्न लागेको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने भएको छ । सम्मेलनको मुख्य थिम ‘बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस’ रहेको छ ।

सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन्, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरुत्थान मात्र नभई व्यवसायमा थप ऊर्जा  भर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ ।

सम्मेलनको उद्घाटन सत्रलाई  अर्थमन्त्री जनादर्न शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आईएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार