मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।

उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।

यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए । तर देउवा समूहबाट मानबहादुर विश्वकर्मालाई टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार