विमलेन्द्र निधिले पनि गराए कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । ‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।

निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार