शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम

महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

यस्तै सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार