कल्याण गुरूङले कांग्रेस सभापतिमा गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । जारी कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।

सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए । उनी कांग्रेस विभाजनपछि नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार