देउवालाई सिटौलापछि गोपालमानको साथ, रामचन्द्र सभापति नबन्ने

सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा शनिबार मनोयन दर्ता हुन लागेको हो ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी थिए ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पौडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो । किन कि सभापतिका आकांक्षी शशा‌ंकले कोइरालाले तीन दिन अघि नै ुरामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्नेु बताएका थिए ।

तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।

देउवालाई सिटौलापछि श्रेष्ठको साथ

१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुनस् सभापतिको दाबेदारीमा छन् । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहोल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।

देउवालाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिइसकेका छन् । यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।

देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार