पौडेल पक्ष बिनाको कांग्रेसको बन्दसत्र, आधा कुर्सी खाली

रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् ।

बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलरत छ । आफू निकटबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल पक्ष बन्दसत्र नै छाडेर छलफलमा जुटेको हो ।

काँग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ । बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार