रमेश खरेलले गरे नयाँ पार्टी घोषणा

नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकारसम्मेलन गर्दै पूर्व-डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् ।

देशमा कुशासन व्याप्त भएकाले त्यसमा सुधार गर्न आफूले पार्टी खोलेको उनले बताए । पूर्व डिआईजी खरेलले देश सुहाउँदो र सुशासनलाई प्रमुख एजेण्डा बनाउँदै नव गठित पार्टी अघि बढने बताए ।

उनले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। तर राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’

आफूले सेवा गर्नका लागि पार्टी खोलेको भन्दै खरेलले भने, ‘ मैले साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन।’

उनले राजनीतिमा लागेकाहरुमा सेवाको भन्दा पनि पेशाको भावना भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार