काँग्रेसको कोषमा १० करोड रकम

सत्तारूढ दल नेपाली काँग्रेसको कोषमा हाल १० करोड रुपैयाँ रहेको जानकारी कोषाध्यक्ष सीतादेवी यादवले दिएकी छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनमा उनले आर्थिक प्रतिवेदन बन्दसत्र हलमा प्रस्तुत हुने भन्दै पार्टीको कोषमा रहेको रकम सार्वजनिक गरेका हुन् । ‘पार्टीको कोषमा दस करोड छ । र बाँकी अन्य बैंकमा दुई, तीन करोड छ,’ यादवले बताइन् ।

यसका साथै महाधिवेशनमा आफ्नो कुनै उम्मेदवारी नरहेको पनि उनले बताएकी छन् । कुनै पदमा नरहेपनि पार्टी र देशको सेवामा निरन्तर रहने प्रतिबद्धता भने उनले व्यक्त गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार