लिङ्देनलाई ओलीको कटाक्ष : भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

नेकपा एमाले अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि उनीमाथि खनिएका हुन् ।

‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने रु हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गर्दै भने, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’

ओलीले यस्तो रापताप अलि समयपछि सेलाउने पनि टिप्पणी गरे । लिङ्देन मंसिर १९ गते राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार