भृकुटीमण्डप पुगेर प्रचण्डले भने- एक्लै हिडेँ अहंकार मात्रै हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रुपमा हासिल गरेको र आगामी दिन पनि कसैले एक्लै हिडे अहंकार मात्रै हुने उनले बताए ।

उनले सत्ता साझेदारमा रहेका दलहरूप्रति संकेत गर्दै यस्तो बताएका हुन् । आउँदै गरेको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनलाई समेत लक्षित गर्दै उनले सबै सँगै जानु पर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार