नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति आम जनताको दृष्टिले हेर्दा लिक बाहिर गएको बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन समारोहमा शुभकामना मन्तव्य दिनेक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले संसद संसदजस्तो नभएको र अदालत अदालतजस्तो नभएको उल्लेख गरे ।

देशको राजनीति आम जनताको दृष्टिबाट हेर्दा लिक बाहिर गएको छ’, अध्यक्ष लिङ्देनले भने, ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने कसले रु यो सबलाई ठिक लगाउने राजनीति । तर, राजनीतिक पनि ठिक छैन ।’

अध्यक्ष लिङ्देनले राजनीति ठिक लगाउने नेतामाथि विश्वास नभएको उल्लेख गर्नुभयो । राजनीतिलाई कसलाई ठिक लागउने ? नेताले’, उनले थप भने, ‘तर नेताका प्रति जनताको विश्वास मरेको अवस्था छ ।’

गाउँघरमा नेतालाई चोर भन्ने गरेको भन्दै उनले राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिए । संवैधानिक राजतन्त्र, हिन्दू राज्य र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई लागू गर्न उनले सबैलाई आग्रहसमेत गरेका छन् । महाधिवेशनलाई वैधानिकता पूरा गर्ने कुरामा सीमित नराखेर नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन उनले आग्रह गरे ।

‘महाधिवेशन एउटा वैधानिकता पूरा गर्ने कुरामा मात्र सीमित नहोस् । नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा उपयोग गरौँ’, उनले भने, ‘कांग्रेसको महाधिवेशन पूर्ण रुपमा सफल बनोस् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार