काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्ड र माधव सहभागी, ओली अझै पुगेनन्

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी अध्यक्ष प्रचण्ड भृकुटीमण्डपमा पुगेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । ओली सहभागी हुने कार्यक्रम भएपनि त्यहाँ पुग्न ढिलाइ भएको हो । काँग्रेस महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निम्ता गरिएको छ।

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । अहिले विभिन्न जातजातिको झाँकी प्रस्तुत भइरहेको छ । झाँकीपछि औपचारिक रूपमा उद्घाटन गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार