बागलुङमा भीरबाट लडेर २४ वर्षीया थापाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–१ को भलाई भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–३ स्थित आफन्तको घरमा कुलपूजाको निम्तो मानेर घर फर्कने क्रममा आफ्नै घरदेखि अन्दाजी एक सय मिटर पूर्वको भीरबाट लडेर भलाई बस्ने २४ वर्षीय श्रीमती सावित्रा थापाको मृत्यु भएको हो ।

मृतक थापाको साथमा रहेका तीन वर्षीय छोरा प्रमिश थापाको निधारमा सामान्य चोक लागेको छ । उनको अवस्था सामान्य रहेको इलाका प्रहरी चौकी गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्लले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरी निरीक्षक मल्लले बताए ।

Loading...