कांग्रेस सभापति देउवा पुगे महाधिवेशन उद्घाटन स्थलमा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटन स्थल पुगेका छन् । भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनस्थलमा देउवासहित केन्द्रीय नेताहरु पुगिसकेका छन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि महाधिवेशन उद्घाटन स्थलमा पुगिसकेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि उद्घाटनस्थल पुगेका छन् ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उद्घाटनस्थलमा पुगिसेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि उद्घाटनस्थल पुगेका छन् ।

अहिले उद्घाटनस्थलमा नृत्य प्रस्तुत भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार