कांग्रेस महाधिवेशन: भरिन थाल्यो भृकुटीमण्डप, को-को पुगे अहिलेसम्म ?

कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र केही समयमा हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौंको भृकुटीमण्डपमा आइसकेका छन् ।

उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता तथा कार्यकर्ताहरु र अन्यदलका नेताहरु भृकुटीमण्डप पुग्ने क्रम जारी छ । भृकुटीमण्डपसहित उपत्यकाका सडक किनारा चारतारे झन्डाले सजाइएको छ ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। त्यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन् ।

अहिलेसम्म कांग्रेसका केन्द्रीय नेताहरु शशांक कोइराला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का उद्घाटनस्थलमा पुगिसकेका छन्।

१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै पनि समूहले उम्मेदवारहरुको घोषणा भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार