बैंकर्स सङ्घको बैठक : पौषमा ब्याजदर नबढाउने सहमती

नेपाल बैंकर्स एसोसिएसनको बैठक शुक्रवार बसेको छ । बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पौष महिनाको लागी ब्याजदर नबढाउने सहमती भएको सहभागी एक बैंकरले बताए ।

गत कात्तिक र मङ्सिरमा निक्षेपको व्याज बढाएका बैङ्कहरूले पौषमा भने नबढाउने सहमती गरेका छन् । ‘आजको बैठकमा निक्षेप नबढेको भन्दै ब्याजदर नबढाऊँ भन्ने धेरै बैङ्कको साथीहरूको धारणा आयो ।’ बैंकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले भने ।

आज गएको २३ दिनमा कति निक्षेप बढ्यो भन्ने र बजारको ओभर समीक्षा भएको अर्का बैंकरले बताएका छन् । बैठकमा २५ बैङ्कका सीईओ तथा प्रतिनिधि सहभागी थिए । बैङ्क अफ काठमाडू र लक्ष्मी बैङ्कको प्रतिनिधि सहभागी भएनन् ।

सङ्घले सहभागी नभएका २ बैङ्कका प्रतिनिधि र विकास बैङ्क वित्त कम्पनीसँग पनि सल्लाह गरेर ब्याजदरबारे निर्णय लिने सङ्घका अध्यक्ष उपाध्यायले बताए । गत कात्तिकमा राष्ट्र बैंककले तोकेको आधार निक्षेपमा ९.३६ लाई मानेर सीमा तोकेको थियो ।

कात्तिक १ गतेदेखि ९.३६ र मङ्सिर १ गतेबाट १०.०५ प्रतिसतमा निक्षेप लिन पाउने सहमति गरेका थिए । बैङ्कहरूले रेमिट्यान्सको लागी छुट्टै १ प्रतिशत थप व्याज दिन पाउने व्यवस्था गरेका छन् । रेमिट्यान्समा भने ११.०५ सम्म व्याज दिँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार