रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउने विमलेन्द्र निधिको प्रस्ताव

नेपाली कांग्रेस १४औं महाधिवेशन सभापतिका आकांक्षी विमलेन्द्र निधिले रामचन्द्र पौडेल सभापतिमा सर्वसम्मत भए आफू बाधक नबन्ने बताएका छन् ।

शुक्रबार राजधानीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले पौडेललाई सर्वसम्मत सभापतिमा समर्थन गरे आफू पछि हट्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई समर्थन गरेको खण्डमा आफू पछि हट्ने बताए । उनले भने, ‘रामचन्द्र पौडेल सर्वसम्मत नभए मेरो उम्मेदवारी कायमै रहन्छ ।’

यसअघि शेखर कोइरालाले पनि पौडेललको नाममा सहमति भए आफू पछि हट्ने घोषणा गरेका थिए ।

कांग्रेस महाधिवेशनको उद्घानसत्र आज दिउँसो १ बजेबाट हुँदैछ । आजसम्म संस्थापन पक्ष र संस्थापनइतर पक्षले प्यानल घोषणा गर्न सकेका छैनन् । आकांक्षी बढि देखिएकाले दुवै पक्षलाई सर्वसम्मत पदाधिकारी घोषणा गर्न सकस भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार