कांग्रेस नेता रिजालद्वारा महामन्त्री पदमा उम्मेदवारीकाे घाेषणा

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।

यस्तै, उनले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गरेका छन् ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँणले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाँणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गरेका हुन् भने थापाले अहिलेसम्म आफ्नो कुनै समूहमा नरहेको बताएका छन् ।

Loading...