कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।

भृकुटीमण्डपमा चहलपहल बढेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको तर प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आउने कार्यकर्ता भने सहभागी हुने उहाँले बताउनुभयो । मञ्च बाहिर ठूला पाँच वटा डिस्प्ले राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार