ओरालो लाग्यो सुनचाँदीको मूल्य

साताको छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कायम भएको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरि चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूलय प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार