नाडा अध्यक्षमा थापा निर्वाचित, कार्यसमितिमा चौधरी बलियो

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । थापा प्रतिद्वन्द्वी करण चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।

उनले एक हजार ४१३ मत पाएका छन् भने चौधरीले एक हजार ३४७ मत प्राप्त गरे । थापा र चौधरीले प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा हारेपनि अन्य १७ कार्यसमिति सदस्यमा भने चौधरीको प्यानलको बहुमत आएको छ।

थापा प्यानलपक्षबाट कार्यसमिति सदस्यमा ५ जना निर्वाचित भएका छन् । जसमा निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ छन् । यता, चौधरी प्यानलका राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी भएका छन् ।

बिहिबार सम्पन्न मतदानमा नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार