मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटना, ४९ जनाको मृत्यु

दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको एउटा ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनबढी घाइते भएका छन् । दुर्घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

चियापास राज्यको एउटा पुलमा ट्रक ठोक्किँदा उक्त दुर्घटनामा भएको बताइएको छ । दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो ।

घाइते हुनेमा महिला र बालबालिका पनि छन् । सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार