सहमतिमै नेतृत्व टुंग्याउने देउवाको दाबी, सभापतिबाट पछि नहट्ने सिंहको स्पष्टोक्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन ।

बिहीबार आयोजित कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतद्धारा पुस्तक ुनेपाली कांग्रेस एण्ड नेशन बिल्डिङु पुस्तक विमोचन समारोहमा बोल्दै सभापति देउवाले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्नेगरी अगाडि बढिरहेको बताए। सहमतिमा नेतृत्व चयन हुन नसकेपनि अस्वस्थ प्रतिष्पर्धा नगर्न उहाँले नेता(कार्यकर्तालाई सुझाव दिए।

यद्यपि महाधिवेशनको अघिल्लो दिनसम्म कांग्रेसको संस्थापन र संस्थापन इतर समूहले अझै प्यानल घोषणा गर्न सकेका छैनन् । संस्थापनबाट देउवा नै सभापतिमा उठ्ने तयारी गरेका छन । वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षले पनि अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन् ।

महाधिवेशनले कांग्रेसका नेता कार्यकर्ता उत्साह छाएको भन्दै उनले प्रतिनिधिको सहभागिता पनि उत्साहजक रहने दाबी गरे । पार्टी र देशकोको प्रजातान्त्रिक भविषयका लागि महाधिवेशन निक्कै महत्वपूर्ण रहेको भन्दै उहाँले भव्य रुपमा सम्पन्न गर्नेगरी लाग्न पनि आग्रह गरेका छन ।

महाधिवेशनपछि गाउँ फर्केर पार्टीलाई चुनाव जिताउने अभियानमा लाग्न समेत देउवाले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार